चर्चित समाचार
images
images

१६ वर्षदेखि अल्झेको कृषि बँधुवा मजदुर, हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा मन्त्री अधिकारीले के भने ?

१६ वर्षदेखि अल्झेको कृषि बँधुवा मजदुर, हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा मन्त्री अधिकारीले के भने ?

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • images
    images
    १६ वर्षदेखि अल्झेको कृषि बँधुवा मजदुर, हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा मन्त्री अधिकारीले के भने ?
    images
    images

    काठमाडौं/  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले हलिया मुक्क्तिको घोषणा गरेको १६ बर्ष पुगिसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकार गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

    images
    images


    राष्ट्रिय कृषि बँधुवा मजदुर संघष समितिको अगुवाईमा कृषि बधुवा मजदुरहरु, मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी समुदायसंग गरेको प्रतिबद्धता र सहमतिहरुको कार्यान्वयन प्रक्रियाका लागि सरोकारवालासँग मन्त्री अधिकारीले अन्तरक्रिर्या गरेका थिए । 

    मन्त्री अधिकारीले छुट भएका हलिया र कमैया परिवारहरुको पहिचान र प्रमाणीकरण छिटो गर्न र उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, जिविकोपार्जनमा सहजीकरण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । 

    बिगतमा भएका समझदारीको पालनामा  मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री अधिकारीको भनाई रहेको छ । 

    अन्र्तरक्रियामा मन्त्री अधिकारीलाई राष्ट्रिय कृषि बँधुवा मजदुर संघष समितिको तर्फबाट मुक्त कमैया समाजको केन्द्रीय अध्यक्ष पशुपति चौधरी, दलित भूमि अधिकार युनियनका महासचिव श्याम सुनार, कमैया महिला जागरण समाजका अध्यक्ष कृष्णी चौधरीलगायतले  हरवाचरवा, हलिया, कमैया र कमलरीको सवालमा सम्बोधन गर्नुपर्ने बिषयमा ध्यानाकर्षण  गराएका थिए । 

    मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले संयुक्त सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रममा समेत समावेश भएको यस बिषयलाई मन्त्रालयले प्रभावकारी कार्यान्वयन गर्ने बिश्वास ब्यक्त  गरे । 


    मुक्तहलिया, कमैया कम्लहरी तथा हरवाचरवा वस्तुस्थिति अध्ययन समितिले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, पुनस्स्थापना र कार्ययोजनालाई तिन तहकै सरकारले अविलम्व लागु गर्नुपर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार