काठमाडौं / प्रेसिडेन्सियल ग्राजुएट स्कूलले नेपालको चर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपिएलसँग ऐतिहासिक साझेदारी घोषणा गरेको छ ।
प्रेसिडेन्सियल ग्राजुएट स्कूल सन् २०११ देखि शैक्षिक क्षेत्रमा प्रेरणा र नवप्रवर्तनको लागि परिचित एक प्रमुख शैक्षिक संस्था हो ।
नेपाल क्रिकेट संघका सचिव परस खड्का र प्रेसिडेन्सियल ग्राजुएट स्कूलका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका थिए ।
एमओयू मार्फत एनपिएलको आधिकारिक शैक्षिक साझेदार बन्दै मैदान भित्र र बाहिर च्याम्पियनहरु तयार गर्ने सोच भएको पिजियसले आफ्नो प्रतिबद्धतालाई विज्ञप्तिमार्फत बताएको छ ।
बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेसजस्ता विविध शैक्षिक कार्यक्रमहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने पिजियस र समग्र क्रिकेट जगतलाई प्रवर्द्धन गर्ने उदेश्य सहित अगाडि बढेको भनेको छ ।
एनपिएल बीचको यो सहकार्यले नेपाली क्रिकेटको इतिहासमा एक नयाँ अध्याय रचेको विज्ञप्तिमा उल्लेख छ ।
दुबै पक्षबाट उपस्थित विशिष्ट व्यक्तिहरुको अगुवाईमा प्रेसिडेन्सियल ग्राजुएट स्कूल, थापागाउँमा सहकार्यको औपचारिक घोषणा गर्दै एमओयूमा हस्ताक्षर गरिएको थियो ।
यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र शिक्षा प्रदान गर्नको साथै खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको भनिएको छ ।
प्रेसिडेन्सियल ग्राजुएट स्कूलमा केके विषय अध्यापन हुन्छ ?
प्रेसिडेन्सियल ग्राजुएट स्कूलले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिन लर्निङ, साइबर सेक्युरिटी, डाटा एनाल्टिक्स, सप्लाई चेन मेनेजमेन्ट, मल्टिमिडिया टेक्नोलोजिज, अन्त्राप्रनोर्सिप, डिजिटल मार्केटिंग र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ ।