images
images

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • images
    images
    रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
    images
    images

    काठमाडौँ / आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिकभन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् । 

    पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क अघि सारिएको छ । पुस्तकमा भनिएको छ “नेपाली अर्थतन्त्रको विकल्प भनेको मौलिक हिसावको विकास निर्माण हो । संसारका देशहरूले आफ्ना-आफ्ना सवलता, प्राकृतिले दिएका विशिष्ठ स्रोतसाधन अनुसार विकासलाई अघि बढाएका छन् । नेपालले पनि एउटा भुपरिवेष्ठित, पहाडी एवं हिमाली देश भएको नाताले प्राकृतिक स्रोत, साधन, भौगोलिक परिवेश, मौलिक सँस्कार तथा सँस्कृति अनुरूप विकासको बाटोमा अघि बढ्नुपर्छ ।” 

    पुस्तकमा मौलिकताको विषयसँगै वित्तिय क्षेत्र, सहकारी, बिमा, जलविद्युत, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरूमाथि केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केलाउने प्रयास गरेको छ । 

    अर्थतन्त्रबारे रूची राख्नेहरूलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरू तथा सेयर बजारका लगानीकर्ताहरूलाई उपयुक्त हुन सक्नेछ । प्रर्दशनीमार्गस्थित कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार