images
images

आर्जन सहकारीको नेतृत्व सर्वसम्मत चयन, संस्थाको सम्पूर्ण सूचक सकारात्मक

आर्जन सहकारीको नेतृत्व सर्वसम्मत चयन, संस्थाको सम्पूर्ण सूचक सकारात्मक

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • आर्जन सहकारीको नेतृत्व सर्वसम्मत चयन, संस्थाको सम्पूर्ण सूचक सकारात्मक
    images
    images

    काठमाडौं/  आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुरको नेतृत्व सर्वसम्मत चयन भएको छ । 

    संस्थाको १५औँ साधारणसभाले प्रविण सुवेदीको नेतृत्व नयाँ सञ्चालक समिति चयन निर्वाचित गरेको हो ।


    सञ्चालक समितिका सदस्य नरेश प्रधान बाहेक सबै पुरानै पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् । कार्यसमितिको अध्यक्षमा प्रविण सुवेदी, उपाध्यक्षमा समिर महर्जन, कोशाध्यमा रञ्जितकुमार पोद्दार र सचिवमा सुरज केसी पुनः सर्वसम्मत प्रक्रियाबाट निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा पुष्पकुमार थापा शसिन श्रेष्ठ र रकेश श्रेष्ठ निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष प्रविण सुवेदीले प्रस्तुत गरेको संस्थाको आर्थिक वर्ष ०८०÷८१ को अर्थात् १५औँ वार्षिक प्रतिवेदन र कोशाध्यक्ष रणजितकुमार पोद्दारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । 
    पारित प्रतिवेदनअनुसार संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा चुक्ता पुँजी वृद्धि गरेको छ । आर्थिक वर्ष ०७९/८० संस्थाको चुक्ता शेयर पुँजी ३ करोड ३९ लाख ६७ हजार ९ सय रहेकोमा गत आर्थिक वर्षमा ७.४३ प्रतिशतले वृद्धि भई ३ करोड ६४ लाख ९२ हजार ३ सय पुगेको छ ।

    प्रतिवेदनअनुसार गत आवसम्ममा संस्थाले जगेडा कोषमा १ करोड ३२ लाख ८८ हजार ३२७ रुपैयाँ, सहकारी प्रवद्र्धन कोषमा १ लाख ७३ हजार ८४२ रुपैयाँ र सहकारी विकास कोषमा १५ लाख ४९ हजार ९७४ रुपैयाँ जम्मा गरेको छ । 
    त्यस्तै, घाटा पूर्ति कोष, सामुदायिक विकास कोष, स्थिरीकरण कोष र जोखिम व्यवस्थापन कोषमा १५ लाख ४९ हजार ९७४ रुपैयाँका दरले जम्मा गरेको छ ।

    प्रतिवेदनअनुसार संस्थाले गत आवमा ३३ करोड ७० लाख २८ हजार २३१ रुपैयाँ बराबरको कारोबार गरेको छ । जसमा निक्षेप २५ करोड ५९ लाख ४६ हजार ५७४ रुपैयाँ र कर्जा लगानी २७ करोड ७३ लाख २ हजार ७६ रुपैयाँ पुगेको छ ।

    संस्थाको कर्जा लगानी शत प्रतिशत नै नवीकरणको अवस्थामा रहेको र खराब कर्जामा सूचीकृत गर्नुपर्ने अवस्थामा नरहेको संस्थाका अध्यक्ष प्रविण सुवेदीले बताए । 

    उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थामा शेयर सदस्यहरु ९ प्रतिशतले वृद्धि भएका छन् भने संस्थाको आम्दानी १४.१८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै संस्थाले शेयर सदस्यहरुलाई ७ प्रतिशत लाभांश दिने निर्णय पारित समेत गरेको छ ।

    शनिबार सम्पन्न साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा ललितपुर नगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जिवी पौडेलले आर्जन सहकारीको अवस्था राम्रो देखिएको बताए । तर, आगामी दिनमा पनि संस्थाको अवस्था स्वस्थ बनाइरहनको लागि ऋण लगानी गर्दा विशेष ध्यान दिनुपर्ने बताए ।


    ‘जुन संस्थाले समयमा नै साधारणसभा गर्न सकेका छन्, ती संस्थाहरुमा समस्या छैन भन्ने देखिन्छ, यो संस्थामा पनि समस्या छैन भन्ने देखिन्छ, आगामी दिनमा पनि यो संस्थाले थप प्रगति गर्न सक्ने देखिन्छ’, उनले भने । 

    ‘यहाँहरुले अझैपनि ऋण लगानी गर्दा होसियार हुनुपर्छ, ऋण लगानी गर्दा धितो अनिवार्य गर्न आवश्यक हुन्छ’, पौडेलले थपे ।

    साधारणसभाको अवसरमा संस्थाले आफ्ना शेयर सदस्यहरुका एसईई उत्तिर्ण भएका १५ जना छोराछोरी ३÷३ हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको छ । 

    साथै संस्थाले सोही अवसरमा नै असल ऋणी तर्फ शुरेश महर्जन र असल निक्षेपकर्ता मध्येबाट सरला घिमिरेलाई सम्मान गरेको छ ।

    संस्थाको साधारणसभा कार्यक्रम अध्यक्ष प्रविण सुवेदीको अध्यक्षता र केशब भट्टराईको सञ्चालनमा सञ्चालन भएको थियो । झण्डै एक हजार सदस्यहरुको उपस्थिति रहेको सभामा सहभागीहरुलाई संस्थाका सचिव सुरज केसीले स्वागत गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार