images
images

बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा बाढी पहिरो पीडितहरूका लागि ५१ लाख पाँच रुपैयाँ सहयोग

बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा बाढी पहिरो पीडितहरूका लागि ५१ लाख पाँच रुपैयाँ सहयोग

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • images
    images
    बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा बाढी पहिरो पीडितहरूका लागि ५१ लाख पाँच रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ / नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढी पहिरो पिडितका सहयोगका लागि ५१ लाख ५ रुपैयाँ प्रदान गरेको छ । देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको घोषणा गरेको हो । 

    images
    images

    शुक्रबार आयोजित एक कार्यक्रममार्फत साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो । 

    केही दिन पहिले आधिकारिक रूपमा फाउन्डेसन स्थापनको घोषणा गरिए पश्चात यो सीबीसीएफको पहिलो योगदान हो, जसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ । शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहन्छ । 

     “हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध छौँ,” साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, “हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौँ ।”

    साथै उनले योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रूपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरुपता प्रदान गरेको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार