images
images

आगामी केही दिन देशभरको मौसममा बदलाब आउने, बाली थन्याउँदा सतर्कता अपनाउन विज्ञको अनुरोध

आगामी केही दिन देशभरको मौसममा बदलाब आउने, बाली थन्याउँदा सतर्कता अपनाउन विज्ञको अनुरोध

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • images
    images
    आगामी केही दिन देशभरको मौसममा बदलाब आउने, बाली थन्याउँदा  सतर्कता अपनाउन विज्ञको अनुरोध
    images
    images

    काठमाडौं/ आगामी केही दिन देशभरको मौसममा बदलाब आउने मौसम विज्ञहरुले बताएका छन् । 

    images
    images

    मौसममा बदलाब हुँदा देशका विभिन्न स्थानहरुमा मेघ गर्जन चट्याङ्ग हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । 


    सो वर्षाले विशेषतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकोले कृषि कर्महरु शूरु गर्नु भन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न समेत विज्ञहरुले सुझाएका छन् । नेपालीहरुको माहान चाड दशै नजिकिदै गर्दा मौसममा आएको बदलाबका कारण यातायात तथा हवाई मार्गहरुमा समेत प्रभाव देखिन सक्छ ।विभागले सर्तकता अपनाउन समेत अनुरोध गरेको छ । विभागले कृषकहरुलाई मौसम जानकारी लिएर मात्रै बाली टिप्ने भित्त्र्याउने गर्न सुझाएका छन् । 

    वर्षाले विषेशत कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकोले सर्तक रहन भनेको छ । 

    वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने भनेको छ । 

    शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने देखिएको विभागले भनेको छ । 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

    बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण २०८१ असोज ०८ गते मंगलबार दिउँसो देखि देशभर आंशिक देखि साधारणतया बदली रहने देखिएको छ । विशेष गरी लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा हुनेछ ।  

    यस्तैगरी एक÷दुई  स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ । 

    सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
     

    ९ गते बुधबार देखि देशभर आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। 
    सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
    यस्तैगरी बिहिबारदेखि  शनिबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार