चर्चित समाचार
images
images

९२.६८ प्रतिशतले घट्यो नेपाल बैंकको नाफा, यस्तो छ तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था

९२.६८ प्रतिशतले घट्यो नेपाल बैंकको नाफा, यस्तो छ तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • images
    images
    ९२.६८ प्रतिशतले घट्यो नेपाल बैंकको नाफा, यस्तो छ तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था
    images
    images

    काठमाडौँ / नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    images
    images

    बैंकले सार्वजनिक गरेको समीक्षा अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १३ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ९२.६८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

    समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ थियो।

    बैंकको सञ्चालन मुनाफा घटेर ५८ करोड ५३ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब २२ करोड रुपैयाँ थियो। ब्याज आम्दानी भने बढेर ६ अर्ब ७७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.१६ प्रतिशत थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष इम्पेयरमेन्ट चार्ज १ अर्ब ४८ करोड रुपैयाँ थियो।

    चुक्तापुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २२ अर्ब ५६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ अर्ब ८२ करोड रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म बैंकले २ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.१७ रुपैयाँ थियो। पीई रेसियो १७९.४४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४६.४२ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार