चर्चित समाचार
images
images

मुख्यमन्त्री केजरीवालको मुद्दामा चार दिनको म्याद थप

मुख्यमन्त्री केजरीवालको मुद्दामा चार दिनको म्याद थप

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • images
    images
    मुख्यमन्त्री केजरीवालको मुद्दामा चार दिनको म्याद थप
    images
    images

    राउज एभेन्यु अदालतले बिहीबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तःशुल्क नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा थप चार दिनको म्याद थप गरेको छ । 

    images
    images

    अनुसन्धानका क्रममा अहिले मुख्यमन्त्री केजरीवालको श्रीमतीको मोबाइलको विवरणमाथि विश्लेषण भइरहेको छ । 

    सन् २०२४ मार्च २१ मा केजरीवालको घरबाट बरामद गरिएका अन्य चार डिजिटल उपकरणहरूको पासवर्डहरू उपलब्ध गराउन केजरीवालले आफ्नो वकिलहरूसँगको परामर्शका लागि समय माग गरेकाले विवरण प्राप्त हुन रहेको भन्दै अनुसन्धानका लागि प्रवर्तन निर्देशनालय (इडी)ले थप चार दिनको म्याद थपको माग गरेको हो । 

    राउज एभेन्यु अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले अप्रिल १ सम्मका लागि म्याद थप गरेका हुन् ।

    दिल्ली जिल्ला अदालतको आदेश अनुसार केजरीवाललाई मार्च २८ सम्मका लागि इडीको हिरासतमा पठाइएको थियो । 

    अनुसन्धान एजेन्सीले जारी गरेको नौवटा समाह्वानलाई गैरकानुनी भनी बेवास्ता गरेपछि बिहीबार साँझ इडीले अन्तःशुल्क नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार