images
images

डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्नेछु– संचारमन्त्री शर्मा

डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्नेछु– संचारमन्त्री शर्मा

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • images
    images
    डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्नेछु– संचारमन्त्री शर्मा
    images
    images

    काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छन् । उनले हिजो विहिबारदेखि शुरु भएको  क्यान इन्फोटेक २०२४ को उद्घाटन समारोहमा यस्तो बताएकी हुन् । 

    images
    images

    समारोहमा मन्त्री शर्माले क्यान इन्फोटेकको भव्य सफलताको शुभकामना दिँदै सरकारको तर्फबाट सधैं साथ रहने आवश्वासन समेत दिएकी छन् । 

    समुद्घाटनको अवसरमा दुई ओटा ड्रोनबाट झाँकीसमेत प्रस्तुत गरिएको थियो, यसअन्तर्गत पहिलो ड्रोनबाट पुष्प वृष्टि र दोस्रो ड्रोनबाट लिडबोर्ड सहित आकाशमा क्यान इन्फोटेक शुभाराम्भ सन्देश सहितको भिडिओ प्रदर्शनी गरिएको थियो ।


    उनले भनिन्, ‘‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’’ मन्त्री शर्माले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।’’ 

    सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउँदै मन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वायनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानूनको तयारी भइरहेको जानकारी दिइन् । 

    उनले नेपाल सरकारले आयोजना गर्ने डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्ने पनि बताइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार