काठमाडौं/ काठमाडौं महानगरपालिकाले आजदेखि नयाँ सडकको कालोपत्रे सडक वरपर पार्किङ् गर्न नपाइने गराएको छ ।
महानगरपालिकाले नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराएको छ ।
यद्यपि त्यसक्षेत्रका उद्यमीहरुले विरोध जनाएका छन् । महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए अनुसार यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ।
अब नयाँ सडकमा पार्किङ नहुँदा खुला र सहज भने हुनेछ ।
माहानगरले विहानैदेखि विशेष सरसफाइ गरेको थियो । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।
यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ।
यी तस्वीरहरु महानगरले पार्किङ हटाएपछिका दृश्यहरु हुन्
#photoSource: काठमाडौं महानगरपालिका