चर्चित समाचार
images
images

रवि लामिछानेले सरकारसँग मागे १० प्रश्नको जवाफ ?

रवि लामिछानेले सरकारसँग मागे १० प्रश्नको जवाफ ?

शनिवार, पुस १४ २०८०
शनिवार, पुस १४ २०८०
  • images
    images
    रवि लामिछानेले सरकारसँग मागे १० प्रश्नको जवाफ ?
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्नको जवाफ मागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो भन्दै उनले सरकारलाई प्रश्नको जवाफ मागेका हुन् । 

    images
    images

    सामाजिक सञ्चालमाफर्त सरकारलाई प्रश्न गर्दै उनले लेखेका छन्, “हुँदा हुँदा पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ? आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?” 

    लामिछानेले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको र पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्ने बताए ।  

    उनले लेखेका छन्, “रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार