चर्चित समाचार
images
images

इजरायलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ

इजरायलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • images
    images
    इजरायलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ
    images
    images

    मस्को / मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए ।

    images
    images

    ‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान् छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए । आन्तरिक मन्त्रालयले शान्ति कायम गर्ने प्रयास गर्दा नौ प्रहरी घाइते भएको र तीमध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।

    हिंसाका कारण इजरायलले आफ्ना नागरिकहरूको सुरक्षाका लागि रुससँग आग्रह गरेको छ । अमेरिकाले भने ‘यहुदी विरोधी प्रदर्शन’ को निन्दा गरेको छ । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले तेल अविवबाट रेड विङ्ग्सको एउटा उडान आइतबार साँझ ७ बजे मखाचकालामा अवतरण भएको सङ्केत दिएको छ ।

    स्वतन्त्र रुसी मिडिया आउटलेट सोताका अनुसार उक्त विमान ट्रान्जिटका लागि अवतरण भएको र दुई घण्टापछि पुनः मस्कोका लागि उडान भर्न लागेको थियो । दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो ।

    “हमलामा एक सय ५० भन्दा बढी सहभागी भएको पहिचान भएको छ, तीमध्ये ६० जनालाई पक्राउ गरिएको छ”, मन्त्रालयले सोमबार बिहान एक विज्ञप्तिमा भनेको छ, “अहिले विमानस्थल सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा छ ।” रुसको उड्डयन कार्यालयले सुरुमा नोभेम्बर ६ सम्म विमानस्थल बन्द हुने बताएको थियो तर पछि मङ्गलबार पुनः खोल्ने जानकारी दिएको थियो ।

    आइतबार साँझ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो, “रुसी अधिकारीहरूले सबै इजरायली नागरिक र यहुदीहरूको रक्षा गर्नेछन्, दङ्गाकारीविरुद्ध निर्णायक कारवाही गर्नेछन् र यहुदी तथा इजरायलीहरू विरुद्ध हिंसा भड्काउनेविरुद्ध कारवाही गर्नेछन् भन्नेमा इजरायलको अपेक्षा छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार