images
images

मौद्रिक नीतिमा के थियो त्यस्तो, जसले थप्यो सेयर बजारमा रौनक ? बैंकिङ समूहमा उछाल, नेप्से २८ सय माथि

मौद्रिक नीतिमा के थियो त्यस्तो, जसले थप्यो सेयर बजारमा रौनक ? बैंकिङ समूहमा उछाल, नेप्से २८ सय माथि

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    मौद्रिक नीतिमा के थियो त्यस्तो, जसले थप्यो सेयर बजारमा रौनक ? बैंकिङ समूहमा उछाल, नेप्से २८ सय माथि
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा रौनक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि खुलेको पहिलो दिन नै सेयर बजारमा हरियाली देखिएको हो । 

    images
    images

    राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले भविष्यमा हुने कर्जा नोक्सानीबापत छुट्याउनु पर्ने रकम घटाएको घोषणा गरेको थियो । त्यस्तै, लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरिएको छ । जसको प्रभावले बजारमा आज सेयर खरिद गर्ने लगानीकर्ताहरू सक्रिय भए । 

    यसअघि झिनो अङ्कले बढेको बजार आज १.७७ प्रतिशत अर्थात ४९.१५ अङ्कले उचालिदा २८१५.०४ बिन्दुमा पुगेको हो । महाशिवरात्रि पर्वको सार्वजनिक बिदाअघिको कारोबार दिन मङ्गलबार भने नेप्से परिसूचक ३.३५ अङ्कले मात्रै बढेको थियो । 

    यस दिन सेयर बजारमा १८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ को भने घटेको छ । ६ कम्पनीको मूल्य आज स्थिर रह्यो । नेप्सेसँगै आज कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार बराबरको कारोबार भएको बजारमा आज ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर खरिद बिक्री भए । 

    बिहीबार ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर १ लाख १२ हजार ३२ पटमा किनबेच भए । 
    नेप्से बढेसँगै बजार पुँजीकरण रकम पनि बढेर आज ४६ खर्ब ७४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । 

    बैंकिङ सेक्टरमा लगानीकर्ता झुम्मिए 

    बिहीर कारोबारमा आएका सबै समूहको परिसूचक बढेका छन् । जसमध्ये यो दिन बैंकिङ समूहमा लगानीकर्ताहरू झुम्मिएका छन् । 
    बैंकिङ समूहको परिसूचक सर्वाधिक बढी ३.३२ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.९१ प्रतिशतले बढेको छ । 
    त्यस्तै, विकास बैंक १.५३ प्रतिशत, होटल तथा पर्यटन १.१२ प्रतिशत, हाइड्रोपावर १.८० प्रतिशत, लगानी १.२५ प्रतिशत, अन्य १.०१ र व्यापारिक समूह १.२० प्रशितले बढ्यो । 
    यसैगरी, लघुवित्त समूहको परिसूचक ०.९१ प्रतिशत, जीवन बिमा ०.९१ प्रतिशत, निर्जीबन बिमा समूह ०.७० प्रतिशत, म्युचुअल फण्ड ०.८८ प्रतिशत र वित्त समूहको परिसूचक ०.२८ प्रतिशतले बढेको छ । 

    चार कम्पनीको मूल्य सर्किट लेभलमा बृद्धि

    बिहीबार चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो । पोजेटिभ सर्किट अर्थात १० प्रतिशतले मूल्य बढेर गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः १ हजार ३८ रुपैयाँ ४० पैसा र ९९३ रुपैयाँ ३० पैसा पुगेको छ । 

    त्यस्तै, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १५४ रुपैयाँ ९० पैसा र ३८४ रुपैयाँ ४० पैसा कायम भएको छ । 

    लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २२५ रुपैयाँ ३० पैसा पुगेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२४ प्रतिशतले बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ । 

    बढेको बजारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने ७.१७ प्रतिशतले घटेर प्रतिकित्ता ७९० रुपैयाँ कायम भएको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको ६.२५ प्रतिशतले घटेर ४ हजार ७६० रुपैयाँमा खुम्चिएको छ । 

    अघिल्लो कारोबार दिन जस्तै आज पनि कारोबार रकममा पुनर्बिमा कम्पनी हाबी भएका छन् । कारोबार रकममा सबैभन्दा बढी हिस्सा रहेको हिमालयन रिइस्योरेन्सको कारोबार रकम ९६ करोड ४७ लाख ३४ हजार छ भने नेपाल पुनर्बिमा कम्पनीको ७६ करोड ४२ लाख ३६ हजार रुपैयाँ छ। 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार