images
images

९१ वटा कृषि फार्म र सहकारीलाई ३ करोड अनुदान

९१ वटा कृषि फार्म र सहकारीलाई ३ करोड अनुदान

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    ९१ वटा कृषि फार्म र सहकारीलाई ३ करोड अनुदान
    images
    images

    म्याग्दी / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चार वटा जिल्लाका ९१ वटा कृषि फार्म, सहकारी र समूहलाई यस वर्ष करिब ३ करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।

    images
    images

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लामा लागू भएको स्याउ, सुन्तला, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)मार्फत अनुदान पाउने लाभग्राही छनोट गरेको हो । 

    सार्वजनिक सूचना जारी गरेर प्राप्त भएका आवेदनहरूको स्थलगत अध्ययन गरि प्राविधिक समितिको बैठकले छनोट गरेका लाभग्राहीसँग जोमसोम र बेनीमा रहेको परियोजनाको कार्यालयमा सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख भरतराज गौतमले बताए ।

    कृषि तथा पशुजन्य बस्तुको उत्पादन वृद्धिका लागि खेती विस्तार, यान्त्रिकरण, साना सिँचाइ, भण्डारण र बजारीकरणसम्बन्धी कार्यका लागि प्रस्तावित परियोजनाका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने उनले बताए । 

    मुस्ताङको पाँच वटा स्थानीय तहमा लागू भएको च्याङ्ग्रा जोन कार्यक्रममार्फत दुई वटा शीर्षकमा ११ र आलु जोनमा आवद्ध १३ वटा संस्था तथा फार्मले ३४÷३४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । 

    स्याउ जोनमार्फत ४२ वटा फार्म तथा संस्थालाई १ करोड ४६ लाख रुपैयाँ अनुदान प्रदान गरिने परियोजनाका प्राविधिक गणेश जिसीले बताए । सिँचाइ पूर्वाधार निर्माण तथा सम्भार कार्यक्रममार्फत २२ वटा संस्था तथा फार्मालाई अधिकतम २ लाख रुपैयाँका दरले अनुदान दिन छनोट गरिएको छ ।  

    म्याग्दीको बेनी नगरपालिका, मङ्गला, मालिका, पर्वतको जलजला गाउँपालिका र बागलुङ नगरपालिकामा लागू भएको सुन्तला जोन कार्यक्रमबाट १८ वटा संस्था तथा फार्मलाई ५५ लाख रुपैयाँ अनुदानका लागि छनोट गरिएको परियोजनाले जनाएको छ । 

    रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा लागू भएको आलु जोनबाट छ वटा समूहलाई १९ लाख रुपैयाँ र बङ्गुर जोनमार्फत एक वटा फार्मलाई ५ लाख रुपैयाँ अनुदान दिन छनोट गरिएको छ। 

    किसानलाई मागको आधारमा विभिन्न कृषि औँजार र उपकरण पनि उपलब्ध गराउने कार्यक्रम रहेको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार