आज विक्रम संवत २०८१ साल फाल्गुन १५ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । चतुर्दशी तिथि, ५ घडी ७ पला, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त औशी । धनिष्ठा नक्षत्र, २३ घडी ३३ पला, दिउँसो ३ बजेर ५८ मिनेट उप्रान्त शतभिषा । शिब योग, ४४ घडी ४८ पला, रातको १२ बजेर २८ मिनेट उप्रान्त सिद्ध । करण–शकुनी, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ७ बजेर ५१ मिनेट उप्रान्त नाग । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कुम्भ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पारिवारिक सम्बन्ध प्रगाढ हुने दिन रहेको छ । शत्रुहरू पराजित हुनेछन्। आँटेको काममा आफन्तको सहयोग मिल्नेछ । परिवारले अप्ठ्यारोमा साथ दिनेछन् । व्यापार व्यवसायमा लाभ रहनेछ। उपहार पाइने योग छ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसायबाट फाइदा हुनेछ । व्यापार तथा सेयर बजारबाट पनि फाइदा नै हुनेछ । कार्यक्षेत्रमा मन परेको काम गर्ने अवसर छ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। व्यापार, उद्योग तथा वित्तीय बजारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । मनोरञ्जन क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने, नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् । कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजना बन्नेछन् । नाफा मूलकभन्दा सेवामूलक व्यवसाय फस्टाउनेछ । लामो दुरीको यात्रा तय गर्न सकिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। अनावश्यक विवादमा फस्ने योग रहेको छ, ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउँदा आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ। दोहोर्याएर गरेको काममा सफलता मिल्नेछ । चुनौतिको बावजुद कडा मेहनत गरेमा सफलता मिल्नेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कार्यक्षेत्रमा मेहनत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। विभिन्न उपहार पाइनुका साथै व्यापार र सेयरबजारको लगानीबाट राम्रै आम्दानी हुनेछ । यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । परिवार र आफन्तको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु जस्तै व्यापार, उद्योग तथा सेयर बजारको लगानी स्वस्फूर्त रूपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कार्यक्षेत्रमा शत्रुहरूले कमजोरीको फाइदा उठाउन सक्लान् सावधान रहनुहोस्। तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ। व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ। आँटेको काममा अरुको भर पर्नुभन्दा आफैँ लाग्नु राम्रो हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
दोहोराएर प्रयत्न गरेको काममा सफलता मिल्नेछ । विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। आफन्तहरूको सोचेजस्तो सहयोग नमिलेन पनि कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ। जग्गा जमिनसँग सम्बन्धि र सञ्चित धनलाई लिएर विवादको अवस्था सिर्जना हुनसक्छ । सचेत हुनुहोला ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे)
महत्वकांक्षी योजना नराखी गरिएको प्रयासमा सफलता मिल्नेछ । नोकरी वा पेशामा जिम्मेवारी पूर्वक कानुनको पालना गरेर काम गर्नुहोस । श्रमको उचित मूल्याङ्कन हुनेछ । सेयर बजारमा साना तथा ठूला लगानीकर्ताको लागि समय उत्तम रहेको छ । विवादमा फस्ने डर भए पनि नतिजा तपाईँकै पक्षमा हुनेछ । व्यवसायका लागि गरिएको यात्रा सपल हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,,खु,खे,खो,गा,गी)
रकमको लेनदेन गर्दा सचेत हुनुहोस् । सापटी र कर्जामार्फत ठूलो मात्रामा धन बाहिरिनेछ । व्यापारको सम्बन्धमा गरिएको यात्रा लाभदायी रहनेछ। अनावश्यक ठाउँमा खर्च बढ्दा आर्थिक सङ्कट झेल्नुपर्ला । मनोरञ्जनको क्षत्रमा लगानी गर्नेहरूका लागि भने आजको समय शुभ रहेको छ । यात्राको योग छ । अरुको झैँ झगडा सुल्झाउन अगाडि बढ्दा आफैँ विवादमा परिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
समय उर्जावान छ । पद प्रतिष्ठामा वृद्धि हुने योग छ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । चिताएको काम परिस्थितिवशः नबन्न सक्छ । सेयरबजार, उद्योग तथा व्यापारबाट मनग्य फाइदा हुनेछ । प्रतिष्ठित काम गरेर नाम र दाम कमाउन सकिनेछ । रचनात्मक काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । मनोरञ्जन क्षेत्रमा लगानी गर्नेहरूले राम्रो आम्दानी गर्न सक्नेछन् ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची)
कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक भ्रमणको अवसर मिल्नेछ । राजकीय र प्रशासनिक क्षेत्रमा सहयोग मिल्नेछ। अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायी रहनेछ ।