images
images

‘पूर्णबहादुरको सारंगी’का पौडेलको निर्देशनमा बन्ने ‘कोशेढुंगा’ रंगकर्मी अनुरागसमेतले निर्माण गर्ने

‘पूर्णबहादुरको सारंगी’का पौडेलको निर्देशनमा बन्ने ‘कोशेढुंगा’ रंगकर्मी अनुरागसमेतले निर्माण गर्ने

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    ‘पूर्णबहादुरको सारंगी’का पौडेलको निर्देशनमा बन्ने ‘कोशेढुंगा’ रंगकर्मी अनुरागसमेतले निर्माण गर्ने
    images
    images

    काठमाडौँ / महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । 

    images
    images

    रंगकर्मी किशोर अनुरागसहितको निर्माणमा बन्ने चलचित्रको निर्देशन हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले गर्दै छन् ।

    यस चलचित्रलाई किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्नेछन् भने कार्यकारी निर्मातामा दिनेश खड्का छन् । 

    निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन सुरु भएको निर्माता अनुरागले बताए । 

    करिब १ हप्ता काठमाडौँमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ । 

    चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्ने निर्देशक पौडेलले बताए । चलचित्रमा निर्माता अनुरागले क्रिएटिभ डाइरेक्टरको भूमिकासमेत निर्वाह गर्नेछन् ।
    महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । 
    नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा बाबु श्रेष्ठको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । रिदम कँडेल र आशिष अविरलको संगीत रहने चलचित्रमा कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।

    ‘पूर्ण बहादुरको सारंगीका निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र बहुप्रतीक्षित हुने अपेक्षा गरिएको छ ।

    ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रस कलेक्सन गरेको थियो । निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार