काठमाडौँ / बुधबार पनि नेपाली बजारमा सुनको भाउमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार २१ सय रुपैयाँले बढेर १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
सो मूल्य पुनः २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ ।