images
images

टाटा म्याजिक बिएससिक्स नेपाली बजारमा, केके छन् विशेषता ?

टाटा म्याजिक बिएससिक्स नेपाली बजारमा, केके छन् विशेषता ?

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • टाटा म्याजिक बिएससिक्स नेपाली बजारमा, केके छन् विशेषता ?
    images
    images

    नेपालगन्ज / टाटा म्याजिक बिएससिक्स सार्वजनिक गरिएको छ । सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो ।

    उक्त सार्वजनिक कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि.का अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रा.लि.का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि.का महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि.का अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रा.लि.का अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। 

    अतिथिहरूले यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरे । 

    टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा BS2 संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि द्यक्घ, द्यक्द्ध हुँदै आज द्यक्ट संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ। 

    हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्।

    टाटा म्याजिक BS6 का प्रमुख विशेषताहरू 

    इन्जिन : ६९४ सीसी पेट्रोल इन्जिन

    शक्ति : ३० एचपि 

    टर्क : ५५ एनएम

    गियरबक्स : ५ स्पीड गियर

    पाङ्ग्रा : १३ इन्च टायर

    सुविधाहरू : डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्विच, एबिएस र सबै पाङ्ग्रामा एन्टी-रोलबार

    सुविधा : चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

    सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का एजिएम सेल्स CVBU कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक BS6 उत्कृष्ट यातायात समाधान भएको बताए। 

    news tata.JPG

    उनले भने, “यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ। सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ। ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौँ।” 

    कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक द्यक्ट ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउने दावी गरे । 

    उनले भने, “यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ। यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ।”

    सिप्रदी ट्रेडिङ्ग, नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरकले नेपाली यातायात क्षेत्रलाई टाटा म्याजिक बिएससिक्स जस्ता अत्याधुनिक गाडीहरू उपलब्ध गराउँदै ग्राहकहरूको भरोसा जित्न सफल भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार