काठमाडौँ / मङ्गलबार सुनको भाउ उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ २ हजार १ सय रुपैयाँले बढेर तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको हो ।
सोमबार सुनको भाउ १ लाख ५० हजार १ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेको छ । यसअघि तोलामा १ हजार ८ सय ६५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय २५ रुपैयाँ पुगेको छ ।