images
images

नेपालमा स्कुटर E3 विद्युतीय स्कुटरको भव्य अनावरण, माइलेज कस्तो छ ?

नेपालमा स्कुटर E3 विद्युतीय स्कुटरको भव्य अनावरण, माइलेज कस्तो छ ?

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • नेपालमा स्कुटर E3 विद्युतीय स्कुटरको भव्य अनावरण, माइलेज कस्तो छ ?
    images
    images

    काठमाडौं/  जीरो इमिसन राइड एनले नेपालमा इकुटर E3 विद्युतीय स्कुटरको भव्य अनावरण गरेको छ। 
     
    काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा स्कुटरलाई सार्वजनिक गरिएको हो।

    कार्यक्रममा जीरो इमिसन राइड एनका प्रमुख, सेल्स एण्ड मार्केटिङ, शंकर शर्मा ले भने स्इकुटर भ्घ केवल स्कुटर होइन, यो दिगो भविष्यको प्रतीक हो। 

    यसको उत्कृष्ट प्रविधि, सुरक्षा, र वातावरणमैत्री विशेषताले नेपाली सडकमा नयाँ युगको सुरुवात गर्नेछ।

    त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी ले व्यवसायको सुदृढ व्यवस्थापन र ग्राहक सन्तुष्टिको लागि आफूहरू विशेष प्रतिबद्ध रहेको बताए । 

    वाहन बिक्री मात्र होइन, बिक्रीपछिको सेवामा पनि हाम्रो ध्यान केन्द्रित छ। 

    ev nepal.png

    हाम्रो उद्देश्य भनेको सशक्त सेवा नेटवर्क निर्माण गरेर ग्राहकहरूलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु हो । 

    इकुटर भ्घ का विशेषताहरू

    इकुटर भ्घ मा ७२ख्घडब्ज् ग्राफिन जेल ब्याट्री रहेको छ, जसले एकपटक चार्जमा १००–१२० किलोमिटर दूरी कभर गर्न सक्छ। यो स्कुटरले ३००० वाट पिक पावर उत्पादन गर्न सक्छ र १२ डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्षम छ।

    स्मार्ट सुविधाहरूमा रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, क्रूज कन्ट्रोल, एलसीडी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, र किलेस इन्ट्री जस्ता प्रविधिहरू समावेश छन्। 

    साथै, अगाडि र पछाडिका डिस्क ब्रेक, एण्टि–थिफ्ट अलार्म, र ह्वील लकले सुरक्षा अझ सुदृढ बनाएको छ।

    प्रारम्भिक मूल्य स्कुटरको प्रारम्भिक मूल्य रु। २,२५,००० तोकिएको छ, जसले यो गुणस्तरीय स्कुटरलाई अझ किफायती बनाएको छ।

    ग्राहक सेवामा प्रतिबद्धता

    कार्यक्रममा जीरो इमिसन राइड एनले नेपालभर आफ्नो डिलर र सेवा नेटवर्क लाई थप विस्तार गर्दै बिक्रीपछिको सेवामा बलियो उपस्थितिका लागि प्रतिबद्ध रहेको घोषणा गर्‍यो।

    ग्राहक सन्तुष्टि हाम्रो प्राथमिकता हो, र यसका लागि उत्कृष्ट सेवा व्यवस्थापन हाम्रो मूलमन्त्र हो,ू नगरकोटीले थप जानकारी दिए । 

    हरित भविष्यतर्फको कदम

    इकुटर भ्घ पूर्णतया विद्युतीय भएकाले यो स्कुटरले वायुप्रदूषण घटाउन र दिगो यातायातको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    इकुटर भ्घ अब नेपालभर उपलब्ध छ। 

    यो विद्युतीय स्कुटरले नेपाली बजारमा हरित यातायातलाई प्रवर्द्धन गर्दै गुणस्तरीय र वातावरणमैत्री परिवहनको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार