images
images

साईलेन्सर पाईप बिगारेर ध्वनी प्रदुषण गराउँदै हिड्ने ५२ ओटा मोटरसाइकल ट्राफिक  प्रहरीको नियन्त्रणमा

साईलेन्सर पाईप बिगारेर ध्वनी प्रदुषण गराउँदै हिड्ने ५२ ओटा मोटरसाइकल ट्राफिक  प्रहरीको नियन्त्रणमा

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • साईलेन्सर पाईप बिगारेर ध्वनी प्रदुषण गराउँदै हिड्ने ५२ ओटा मोटरसाइकल ट्राफिक  प्रहरीको नियन्त्रणमा
    images
    images

    काठमाडौं/  उपत्‍यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण गराउने ५२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    विगत लामो समयदेखि रूप परिवर्तन ःयमषष्भम गरी शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्का समेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएको थियो । 

    मंसिर १९ गतेबाट ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय वातावरण विभागसँग समन्वय गरी अभियानकै रुपमा चेकजाँचलाई अगाडी बढाएको छ ।

     
    सोमबार मात्रै ध्वनी प्रदुषण गराउने १२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    योसँगै अभियान सुरु भएदेखि अहिलेसम्म ५२ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए । 

    साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, साइलेन्सर परिवर्तन गर्ने, डिभि किलर झिकेर ठुलो आवाज निकाल्ने जस्ता मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राउतले बताए । 

    motercycle - police.jpg

    नियन्त्रणमा लिइएका मोटरसाइकलहरु मध्ये १६ ओटा द्यगििभत, १३ ओटा ऋचयकक ाष्चभ, ७ ओटा च्ज्ञछ, ६ ओटा प्त्ः म्गपभ, २ ओटा द्यभलभष् िर अन्य ८ ओटा गरी ५२ ओटा रहेका छन् ।


    नियन्त्रणमा लिएका मोटरसाइकलाई वातावरण विभागद्वारा परीक्षण गराइ स्वरुप परिवर्तन गरेकालाई आवश्‍यक कारवाहीका लागी यातायात व्यवस्था कार्यालय सतुङ्गल पठाइने र अन्यलाई  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरीवाना गरिने छ।

     
    ध्वनी प्रदुषण गराइ सवारी साधन चलाउँदा बिरामी, वृद्धवृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र (अस्पताल, स्कुल) मा प्रत्यक्ष असर पर्ने भएकाले चेकजाँचलाई अभियानकै रुपमा अगाडी बढाइएको प्रहरी उपरीक्षक राउतले जानकारी  दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार