images
images

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
    images
    images

    काठमाडौँ / नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् । 

    इर्खुवा हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । 

    सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार