images
images

कर नतिर्ने फिल्म हलहरूलाई करको दायरा र नियममा ल्याइनेछ : अध्यक्ष डिसीको

कर नतिर्ने फिल्म हलहरूलाई करको दायरा र नियममा ल्याइनेछ : अध्यक्ष डिसीको

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • कर नतिर्ने फिल्म हलहरूलाई करको दायरा र नियममा ल्याइनेछ : अध्यक्ष डिसीको
    images
    images

    काठमाडौँ / चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरूलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

    पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हलमध्ये प्रमुख ६ वटा हलहरूमा र प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरू करको दायरा र नियममा आएको उनको दाबी छ । 

    उनले भने, “सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो । बैशाख एक गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा पछिल्लो दिन २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ ।”

    यस्तै, उनले नेपाल अविकसित मुलुक नभएको तर, अव्यवस्थित देश भएको भन्दै यसलाई व्यवस्थित गर्नको लागि सबैजना अगाडि बढ्नुपर्ने बताए । 

    पत्रकार सम्मेलनमा अभिनेता प्रदिप खड्का, अभिनेत्री सुरक्षा पन्त, अभिनेता शिव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार