images
images

पर्यटकको सङ्ख्या ११ महिनामै १० लाख नाघ्यो, कुन महिनामा कति भित्रिए पर्यटक ?

पर्यटकको सङ्ख्या ११ महिनामै १० लाख नाघ्यो, कुन महिनामा कति भित्रिए पर्यटक ?

कोभिड सुरु भए खस्किएको पर्यटन उद्योगमा सुधार हुँदै

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • पर्यटकको सङ्ख्या ११ महिनामै १० लाख नाघ्यो, कुन महिनामा कति भित्रिए पर्यटक ?
    images
    images

    काठमाडौँ / सन् २०२४ को नोभेम्बर महिनामा १ लाख १४ लाख ५०१ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यससँगै यस बर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या १० लाख नाघेको छ । 

    नेपालमा पर्यटकको आगमन सङ्ख्याले दोस्रो पटक १० लाख नाघेको हो । सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन् । 

    सन् २०२४ मा १२ लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको थियो । प्राकृतिक विपत्तिका कारण अक्टोबर महिनामा लक्ष्य अनुसार पर्यटक आउन नसक्नु र चिसोका कारण पर्यटक डिसेम्बरमा नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा सामान्य कमि भए पनि सरकार लक्ष्यको नजिक पुग्ने देखिन्छ । 

    कोभिड सुरु भए यता नेपालमा खस्किएको पर्यटक आवागमनमा गत बर्षदेखि सुधार आइरहेको छ । पर्यटक आगमन बढेसँगै नेपालको पर्यटन उद्योगमा भने उत्साह थपेको छ ।

    कुन महिनामा कति आए पर्यटक ? 

    बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा सबैभन्दा बढी पर्यटक मार्च महिनामा आएको छ । मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटक नेपाल भित्रिएका थिए ।

    मार्चपछि अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, नोभेम्बर महिनामा १ लाख १४ लाख ५०१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

    त्यस्तै, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६,  अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मे ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्क छ । 

    यसैगरी, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना पर्यटक नेपाल आएका छन् । 

    बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

    २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेका छन् ।

    कहाँबाट कति भित्रिए पर्यटक ? 

    नोभेम्बर महिनामा भारतबाट आउने पर्यक सबैभन्दा बढी रहेको बोर्डको तथ्याङ्क छ । यो महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या भने गत बर्षको सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । 

    बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना नेपाल भ्रमणमा आएका छन् । गत वर्ष यस अवधिमा २४ हजार ४ सय ४३ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    त्यस्तै, अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन् । गत बर्ष सोही अवधिमा ११ हजार ४६१ जना अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएकोमा यस बर्ष भने ४.२ प्रतिशतले कम हो ।

    यता, चिनियाँ पर्यटकको सङ्ख्या भने गत बर्षको तुलनामा बढेको छ । गत बर्षको नोभेम्बर महिनामा ७ हजार ६०१ जना चिनिया पर्यटक नेपाल भ्रमणमा आएकोमा यस बर्ष भने सङ्ख्या २.४४ प्रतिशतले बढेर ९ हजार ४ सय ५८ पुगेको छ । 

    यसैगरी, बेलायतबाट ६ हजार ६ सय ११ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट आउने पर्यटकको सङ्ख्यामा यस बर्ष ७.७ प्रतिशतले बढेको छ । गत बर्ष ६ हजार १३८ पर्यटक बेलायतबाट नेपाल घुम्न आएकोमा यस बर्ष सोही अवधिमा ६ हजार ६११ पुगेका छन् । नोभेम्बरमा बंगलादेशबाट ५ हजार १ सय ४८ र श्रीलंकाबाट ४ हजार ३ सय ९५ जना आएका थिए ।

    note.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार