काठमाडौँ / लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार दिउँसो बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि यसमा लाग्ने ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
यसअघि स्ट्यान्डर्ड चार्टर्ड, नबिल, प्राइम, सानिमा, ग्लोबल आईएमई सिटिजन्स र एभरेष्ट बैंकले लाभांश घोषणा गरिसकेका छन् । लक्ष्मी बैंकको लाभांशसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्या आठ पुगेको छ ।