images
images

एनआइसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र हर्जानामा छुट दिने, कस्तो कर्जामा कति छुट ?

एनआइसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र हर्जानामा छुट दिने, कस्तो कर्जामा कति छुट ?

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • images
    images
    एनआइसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र हर्जानामा छुट दिने, कस्तो कर्जामा कति छुट ?
    images
    images

    काठमाडौँ / एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ऋणी सदस्यहरूका लागि ‘ब्याज छुट योजना’ ल्याएको छ । ‘साथीसँगै सवल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्त कार्यक्रको अभ्यास गर्दै आइरहेको उक्त लघुवित्तले आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरू/कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने उद्देश्यले छुट योजना ल्याएको हो ।
     
    संस्थाले नियमनकारी व्यवस्था अनुसार २०८० फागुन मसान्तमा निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा छुट योजना ल्याएको संस्थाले जनाएको छ । 

    images
    images

    सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै चैत मसान्तभित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा योजना बमोजिम छुट प्रदान गर्न ‘ब्याज छुट योजना’ ल्याएको लघुवित्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    छुट योजना अन्तर्गत ऋणीहरूले कमसल कर्जा (९० दिनभन्दा माथि १८० दिनसम्मले भाखा नाघेको) मा १० प्रतिशत, शंकास्पद कर्जा (१८० दिन भन्दा माथि ३६५ दिनसम्मले भाखा नाघेको)मा १५ प्रतिशत र खराब कर्जा (३६५ दिन भन्दा बढीले भाखा नाघेको)मा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

    एनआइसी एशिया लघुवित्तबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरू सो योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । 

    आर्थिक जटिलताको घडिमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्नेे आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न सो संस्थाले आफ्ना ऋणी सदस्यहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको संस्थाले जनाएको छ । 

    संस्थाले ल्याएको यस ब्याज छुट योजनाबाट विविध कारणले आर्थिक समस्यामा परेका ऋणी सदस्यहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको छ ।

    यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विगत ६ वर्षभन्दा बढी अवधिदेखि क्रमिक रूपमा ७४ जिल्लाको ५६० भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम सञ्चालन गदै आइरहेको छ । 

    वित्तीय समावेशीकरणका लागि जाजरकोट, रोल्पा, रुकुम, मुगु, कालिकोट, बाजुरा, बझाङ, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिती नभएको स्थानमा शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

    स्थापनाको सुरुवाती दिनदेखि नै लघुवित्त कार्यक्रममार्फत गरिब तथा विपन्नहरूको घरदैलोमा पुगेर सेवा गर्दै आइरहेकोमा हाल २ लाख ११ हजार भन्दा बढी सदस्यहरूमध्ये ९० प्रतिशत भन्दा बढी महिला सदस्यहरूको जीवनस्तर उकास्नको लागि १६ अर्व भन्दा बढी कर्जा प्रवाह गरी अनवरत रूपमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । 

    त्यस्तै, संस्थाले एक हजारभन्दा बढी सङ्ख्यामा प्रत्यक्ष रोजगारको अवसर समेत सृजना गरी राष्ट्र निर्माणमा टेवा पु-याउदै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार