images
images

हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • images
    images
    हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा
    images
    images

    काठमाडौँ / हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँलाई २ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण गरेको छ ।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा काठमाडौं जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग स्वरुप क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गरे । सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार